रामेछाप । गत बर्ष बजेट सुनिश्चितामा परेर पनि ठेक्का लाग्न नसकेको काभ्रे जिल्लाको सिमावर्ति चौरीखोला देखि गाल्वा हुदै मन्थली सम्मको बैकल्पिक राजमार्ग स्तराेन्नतिका लागि चालु आर्थिक बर्षमा समेत सरकारले बजेटको सुनिश्चिता गरेको छ । संघीय सरकारको अर्थ मन्त्रालयले बजेटकाे सुनिश्चितता गरे सगै अव जिल्लाकाे पश्चिमी भाग कालाेपत्र सडकले छिचाेलिने भएको छ ।
झण्डै ३६ किलोमिटर लामो चौरी–रिष्ठे–गुराँसे–गाल्वा सडक र त्यस भन्दा पूर्व तर्फको मन्थली सम्मको बैकल्पिक सहयाक राजमार्गको कालोपत्रका लागि सरकारले चालु आर्थिक बर्षमै ठेक्का लगाउने गरी ६० करोड रुपैयाँको श्रोत सुनिश्चिता गरेको हो । गाल्वा देखि मन्थली सम्म भने करिव कालाेपत्रकाे काम भइसकेकाे छ । खाँडादेविकाे केहि भागमा कालाेपत्र गर्ने कार्यका लागि काम भइरहेकाे छ । उक्त स्थान सम्म बागमति प्रदेश सरकारले सडक निर्माण गर्न बजेट हालेको थियाे ।
जिल्लाका नेताहरुले मध्यपहाडि सडक त्यस क्षेत्रबाट निर्माण गर्नुपर्ने कुरामा बर्षौ देखि जोड दिदै आएका थिए । यो पटक पनि सरकारले उक्त सडक लाई मध्यपहाडि भनेको छैन् । तर बजेट विनीयोजन गर्दा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा पारेको छ । श्रोतका अनुसार सडक निर्माणका लागि चाडै ठेक्का आव्हान हुनेछ ।
चौरी देखि लखनपुर तर्फको करिव २ किलोमिटर खण्ड यसअघीको बजेटले निर्माणाधिन अवस्थामा छ । पश्चिमी रामेछापको चौरी गाल्वा सडक कालोपत्र हुदाँ रामेछापबाट काठमाडौं जानका लागि बैकल्पिक मार्ग तयार हुनेछ । चौरीखोला देखि मध्यपहाडि सडक जोडिन्छ । उक्त सडक काभ्रेको दोलालघाट पुग्छ ।
हाल कच्चि अवस्थामा सडक संचालन रहेको भएपनि उक्त सडकमा बाह्रै महिना सवारी साधन संचालन गर्न कठिनाई झेल्नु परेको छ ।
