चरिकोट । दोलखा उद्योग बाणिज्य संघको अध्यक्षमा सनत थापा विजयी भएका छन् । थापाले ४ सय ६२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धि दिनेश पाठकले ३ सय ५९ मत पाएका छन् ।

थापा र पाठक प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए । शुक्रबार विहान भएको अन्तिम मत परिणाम बमोजिम थापाको प्यानलनै विजयी भएको छ । नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीका समर्थक व्यवसायीहरुको समूहको नेतृत्व थापाले गरेका थिए भने नेकपा एमाले र रास्वपाका समर्थक व्यवसायीहरुको समूहको नेतृत्व दिनेश पाठकले गरेका थिए ।

अन्तिम मत परिणाम अनुसार संघको बरिष्ट उपाध्यक्षमा प्रविण श्रेष्ठ, उपाध्यक्षमा विवेककुमार खत्री, उपाध्यक्ष महिलामा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रति , सचिवमा अनिल रिजाल, कोषाध्यक्षमा रामशरण बस्नेत, दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वति भण्डारी शर्मा, मागादेउराली शाखा सदस्यमा च्छो नाम्गेल तामाङ, सिंगटी शाखा सदस्यमा रिमवहादुर ओली (विमल ) खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेति निर्वाचित भएका छन् ।