रामेछाप । सरकारको शासकिय सुधार कार्यक्रम अन्तरगत रामेछाप जिल्लाका दुर्गम गाउँहरुमा रहेका हुलाकका कर्मचारीहरु सेवाग्राहिको घर दैलोमा राहदानी बोकेर पुग्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला हुलाक कार्यालयको समन्वयमा राहदानी सेवा लाई घर दैलोमा पु¥याइएको हो । जिल्ला प्रशासन कार्यालयमा पुगेर राहदानी लिन नसक्ने सेवाग्राहिलाई घरदैलोमानै पुगेर राहदानी हस्तान्तरण गर्ने व्यवस्था मिलाईएको छ ।

जिल्ला हुलाक कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिई घर सम्मै राहदानी ल्याईदिने व्यवस्थाका लागि अनुरोध गर्ने सेवाग्राहिको घर घरमा राहदानी पुग्न थालेका हुन् । पहिलो चरणमा रामेछापका विभिन्न पालिकाहरुमा रहेका हुलाक कार्यालयहरुमा राहदानीहरु पठाइएको हो । पालिका स्तरमा रहेका हुलाक कार्यालयहरुले सम्बन्धित सेवाग्राहिको घरमा ति राहदानी हस्तान्तरण गर्नेछन् ।