रामेछाप । सेवा प्रदायक संस्थाले आफुले उपलव्ध गराउदै आएको बस्तु तथा सेवाको मूल्यसूचि अनिवार्य सार्वजनिक गर्नुपर्ने भएको छ । सरकारले उक्त कार्यका लागि आज देखि जेठ ३ गते सम्मलाई ‘मूल्य पारदर्शिता सप्ताह’ को घोषणा गरी देशैभरी मूल्यसूचि अनिवार्य गर्न विभिन्न संस्थाहरुलाई आग्रह गरेको छ ।
यो सप्ताहमा हरेक सेवा प्रदायक संस्था, उद्योगी, पैैठारीकर्ता, खुद्रा बिक्रेता लगाएत सबै प्रकारका सेवा प्रदायकहरुले मूल्य पारदर्शिताका लागि मूल्यसूचि अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने छ ।
