रामेछाप । यस बर्षको एसइईमा रामेछाप जिल्लाबाट ३६ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । ४ जिपीए ल्याउने मध्ये प्राविधिक धार तर्फका ९ जना छन् । साधारण तर्फ जिल्लामा सबैभन्दा बढी तामाकाेशी आवासिय माविका परिक्षार्थीले ४ जिपिए ल्याएका छन् । उक्त माविमा अध्ययन गर्ने १० जनाले ४ जिपिए ल्याएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाबाट कुल २ हजार २ सय ८० जना विद्यार्थीहरु एसइईमा सहभागि भएका थिए । त्यसमध्ये १ हजार ८ सय ५४ जना ग्रेडेड भएका छन् । सहभागि भएका मध्ये ४ सय २६ जना विद्यार्थीहरु भने नन् ग्रेडेड भएको उनले वताए ।

जिल्लाको कुल तथ्याङ्क सार्वजनिक गरेको उक्त ईकाईका अनुसार जिल्लामा ग्रेडडेडको प्रतिशत ८१ दशमलव ३२ रहेको छ । उत्र्तिण भएकामा प्राविधिक धार तर्फका शत प्रतिशत र साधारण तर्फ ८० दशमलव ०६ प्रतिशत रहेको उनले जनाए ।

तथ्याङ्क अनुसार २ दशमलव १ देखि २ दशमलव ४० सम्म ७६ जना, २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ४ सय ५७ जना, २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ६ सय २४ जना, ३ दशमलव २१ द्यखि ३ दशमलव ६० सम्म ४ सय ११ जना र ३ दशमलव ६१ द्येखि ४ जिपिए ल्याउनेको संख्या रहेको छ ।