रामेछाप । तिलगंगा आँखा प्रपिष्ठान , सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप र तामाकोशी अस्पतालको आयोजनामा मन्थलीमा भएको दुई दिने आँखा शिविरमा ६५ जना आँखाका रोगिहरुको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
शिविरमा अत्याधुनिक मेशिन प्रयोग गरि सल्यक्रिया गरिएको थियो । रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोप्चनका अनुसार शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डाक्टर कृपा जोशिको नेतृत्वमा ८ जना आँखा स्वास्थ्यकर्मीहरु सम्लग्न रहेका थिए ।
