रामेछाप । रामेछापको मन्थली नगरपालिकालाई पूर्णखोप युक्त नगरपालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले मन्थली नगरपालिकालाई शनिबार पूर्णखोपयुक्त नगरपालिकाको प्रमाण पत्र प्रदान गरेको हो ।

मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका तर्फबाट जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमवहादुर थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झा ले मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ लाई उक्त प्रमाण पत्र प्रदान गरेका हुन् । 

मन्थली नगरपालिकामा जन्मदेखि १५ महिना र १६ महिना देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप पाएको सुनिश्चिता गरे पनि उक्त घोषणा गरिएको हो । कार्यक्रममा यसपछि पनि कुनै पनि बालबालिकाहरु खोप लगाउने कार्य बाट नछुटोस भनेर खोप सेवा निरन्तरताका लागि कार्यक्रमका सहभागिले अपेक्षा गरेका थिए । 

पूर्णखोप सूनिश्चितता नगरपालिका घोषणा कार्यक्रममा मन्थली नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।