रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयोजनामा गरेको २ दिने लेखा व्यवस्थापन सफ्टवेयर तालिम आईतबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र मन्थली १ का वडा अध्यक्ष होमप्रसाद पौडेलले तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका छन् । समापन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले लेखा व्यवस्थापन सफ्टवेयर तालिमले सहभागिको व्यक्तिगत क्षमता अभिवृद्धि हुनुको साथै लेखा राख्ने कार्यमा सहजता हुने वताए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव घिमिरेले लेखा व्यवस्थापनको सीपले व्यवसायीक क्षेत्रमा सुधार हुनुका साथै प्रशिक्षार्थीलाई आयआर्जनका लागि समेत सहजता हुने दावि गरे ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न भागका करिव ४० जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । तालिम कार्यक्रम मन्थली नगरपालिकाको १ नम्बर वडाको आर्थिक सहयोगमा भएको हो ।
