रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा आवद्द पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुलगेटमा शुक्रबार पनि धर्ना दिएका छन् ।
सरकारले गरेको विभेदकारी, स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धि निर्णय खारेजि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकार रक्षाका लागि नेपाल पत्रकार महासंघले गरेको देशव्यापी आन्दोलनको क्रममा रामेछापका पत्रकारहरुले कालो व्यानरमा आफ्ना माग समेत राखेर दुई घण्टा धर्ना दिएका हुन । आन्दोलनरत पत्रकारहरुले केहि दिन अघी मात्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार समेत एक घण्टा धर्ना दिएका थिए ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक र जिल्ला अध्यक्ष दिपक घिमिरे लगाएतका पदाधिकारीको सहभागि थियो ।
