रामेछाप । लिखु जलविद्युत आयोजनाबाट स्थानीय बासिन्दाहरुले राखेका माग पुरा नगरेको भन्दै रामेछापको उमाकुण्ड र सोलुको लिखु पिके गाउँपालिकाका बासिन्दाले चार दिन देखि आन्दलोलन गरीआएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई जलविद्युत आयोजनाको शेयर वितरण गर्नुपर्ने, लिखु नदी बाहेक अन्य ठाडो खोलाको पानी पूर्ववत रुपमा छोडिनु पर्ने र विद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको खर्चको पारदर्शि गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

आयोजनाको सम्पर्क कार्यालय सोलुको किन्जा कार्यालय परिसरमा विभिन्न नारा लखिएका प्लेकार्ड सहित स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । स्थानीय बासिन्दाको माग लाई आयोजना सुरु गर्दा देखिनै लत्याउदै आएको दुगड समूहले अहिले पनि वार्ता गर्ने चासो राखेको छैन् ।

गुगड समूहले सोलु र रामेछापको सिमा नदी लिखु नदीको पानी प्रयोग गरी ३ वटा जलविद्युत आयोजना निर्माण गरी व्यवसायीक रुपमा १ सय ६१ मेघावाट विद्युत उत्पादन गर्दै आएको छ । लिखु ए, लिखु वि र लिखु एक जलविद्युत आयोजना संचालन भइरहेका छन् ।

उक्त समूहले जलविद्युत आयोजनाको निर्माण थाले यता देखिनै स्थानीयको माग प्रति वेवास्ता गर्दै आएको स्थानीयले आरोप लगाएका छन् । सडक निर्माण, वृक्षरोपण, रोजगारी, वातावरण संरक्षण लगाएतका कुरामा आयोजनाले कुनै पनि माग संवोधन नगरेको भन्दै स्थानीय र जनप्रतिनिधिले सरकारी निकाय देखि सार्वजनिक कार्यक्रममा गुनासो गर्दै आएका छन् ।