रामेछाप । रामेछापको मन्थली नगरपाकिला २ भुत्याहा खोला किनारमा निर्माण थालेर केहि बर्ष अलपत्र छाडिएको कबर्डहलको निर्माण अव भने अन्तिम तिर पुगेकोे छ ।
बागमति प्रदेश सरकारको लगानीमा ६ बर्ष अघी सार्वजनिक निर्माण कार्यालय काभ्रे मार्फत उक्त कवर्डहलको निर्माण थालिएको थियो । दुई बर्षमा निर्माण सक्ने लक्ष्यका साथ थालिएको कवर्डहल निर्माण व्यवसायी र कार्यालय विचको असमझदारीका कारण लामो समय सम्म अलपत्र रहेको थियो ।
बास्केटबल, भलिबल, टेबलटेनिस र व्याडमिण्टन लगाएतका खेल संचालन गर्न मिल्ने उक्त कवर्डहल बहुआयमिक हुने गरी डिजाईन गरिएको छ । खेलकुदको समय बाहेक राजनितिक, सामाजिक र धार्मिक कार्य लगाएत सभा सम्मेलन गर्न सक्ने गरी हलको डिजाईन गरिएको छ । कुल १ हजार २ सय दर्शक अटाउन सक्ने क्षमता रहेको उक्त कवर्डहल निर्माणका लागि प्रदेश सरकारले २०७७ सालमा सुनकोशी गिरी जेभि संग ठेक्का संझौता गरेको थियो ।
निर्माण व्यवसायीले कवर्डहलको अधिकांश निर्माण सम्पन्न गरेपछि भित्र रिमोटले सार्न मिल्ने प्रविधियुक्त कुर्सी नेपाली बजारमा नपाइएको भन्दै त्यसको लागि नेपालमानै उपलव्ध हुने कुर्सी राख्न आईटम परिवर्तन गरिदिन माग गरेका थिए । तर ठेक्का लगाउने कार्यालयले उक्त आईटममा कुनै पनि परिवर्तन नहुने भन्दै विश्व वजारमा डिजाईन गरे बमोजिमको कुर्सी उपलव्ध हुने भनि निर्माण व्यवसायीको माग लत्याउदै आएको थियो ।
निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालय विच मुद्धा मामिला समेत चल्दा लामो समय देखि गरेको कामको पैसा समेत रोकिएको अवस्थामा निर्माण व्यवसायीले हाल म्याद थप गरेर निर्माणको काम लाई अन्तिम चरणमा पु¥याएको जनाइएको छ । हलमा रिमोर्टले सार्न मिल्ने कुर्सी चीनबाट आयात गर्ने तयारी छ । हलको अन्य निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ ।
जिल्ला सदरमुकाममा खेलकुदका प्रतियोगिताका लागि कबर्डहल नहुदाँ घाम र पानी पर्दा खेलकुदका प्रतियोगिताहरु गर्न कठिनाई छ । जिल्ला सदरमुकाममा एउटा भलिबल कोर्ट समेत हाल सम्म व्यवस्थित छैन् । जिल्ला समन्वय समितिको जग्गामा अस्थायी कोर्ट बनाएर प्रतियोगिता संचालन गर्दै आएकोमा यस बर्ष उक्त स्थानमा जिल्ला सभा भवन निर्माण थालिएपछि मन्थली माविको खेल मैदानमा प्रतियोगिताहरु हुन थालेका छन् ।
