रामेछाप । रामेछापको मन्थली नगरपालिका ८ को चिसापानीका करिव ६५ बर्षिय ठेटबहादुर ढुंगेल आफ्नो बारीमा आएका बाँदर लखेटने क्रममा लडेर गम्भिर घाईते भएका छन् ।
सोमबार बाँदर लखेट्ने क्रममा लडेका ढुंगेललाई स्थानीयले उपचारका लागि सदरमुकामकाे मन्थली अस्पताल ल्याएकोमा उनको उक्त अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीका अनुसार ढुंगेलको टाउकोमा गहिरो चोट लागेकोले थप उपचारका लागि रेफर गरिएको हो ।
मन्थलीको चिसापानी क्षेत्र बर्षौ देखि बाँदरको प्रकोप भएको गाउँ हो । उक्त गाउँमा बाँदर धपाउन एउटा बाँदरलाई समातेर ईनामेलले रङ्ग्याई समूहमा पठाउने लगाएतका बाँदर खेदाउन तत्कालिन गाविस हुदै देखि विभिन्न उपाय अपनाइएका भएपनि कुनै उपायले काम गरेको छैन् । जंगल बढ्दै गएको र मानिसको संख्या घटदै गएकोले यसअघी बाँदर आईनपुग्ने गाउँमा पनि पछिल्ला बर्षहरुमा बाँदरले किसानको बालीनाली नष्ट पार्ने क्रम बढेको छ ।
