रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका, खेलकुद विकास समितिले आयोजना गरेको प्रथम लिखु तामाकोशी गाउँपालिका अध्यक्उ-पाध्यक्ष खुला भलिबल प्रतियोगिताको उपाधि सोहि गाउँपालिकाको चिलाउने तामाङ समाजले हात पारेको छ ।

आईतबार विहान भएको प्रतिस्पर्धात्मक खेलमा उक्त युवा समाजले रामेछापकै मुगिखोला युवा क्लबलाई ३–२ सेटले हराएर उपाधि हात पारेको हो । जित सगैं उक्त समाजले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा दोश्रो हुने मुगिखोला युवा क्लबले १ लाख ५० हजार, तेश्रो हुने उज्यालो नेपाल पार्टी टिपले १ लाख र सान्त्वना स्थान हासिल गर्ने मन्थली अप्टिकल ग्लाँस हाउसले ५० हजार नगद हात पारेका छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु शनिबार सक्ने लक्ष्य लिइएको भएपनि बर्षाका कारण फाईनल खेल आईतबार विहान खेलाइएको थियो । प्रतियोगिताका बिजेता, उपविजेता लगाएतका टिम र खेलाडिलाई शिल्ड, मेडल समेत वितरण गरिएको थियो । प्रतियाेगिताकाे उद्घाटन लिखु तामाकाेशी गाउँपालिकाका अध्यक्ष केशव महतले गरेका थिए ।