रामेछाप । रामेछापको मन्थलीमा आईतबार खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तरक्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले रामेछाप उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा दैनिक उपभोग्यका सामाग्रीहरुको उत्पादन, विक्री वितरण र सेवनमा गुणस्तरता कायम गराउनका लागि सरोकारवाला निकायहरुका प्रतिनिधिहरु संग अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा खाद्य प्रविधि अधिकृत अतिश घिमिरेले कार्यपत्र प्रश्तुतिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा उद्योगि व्यवसायी र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुबेदीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, नेेपाल उद्याेग बाणिज्य महासंघ बागमति प्रदेश सदस्य जयप्रकाश श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे , उपभोक्ता मञ्चका अध्यक्ष रामचन्द्र कँडेल र रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष आकाश रिजाल र वाणिज्य उपाध्यक्ष सुरेश उदास लगाएतले आ आफ्ना धारणा राखेका थिए ।