रामेछाप । रामेछापको मन्थली शहीद स्मृति बहुमुखि क्याम्पसमा तीन दिने लेखनकला तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अनुसन्धामूलक कार्यशाला संचालन गरिएको छ ।

क्याम्पसको अनुसन्धान तथा व्यवस्थापन ईकाईको आयोजनामा भएको उक्त कार्यशालामा क्याम्पसमा अध्यापन गर्ने र सरोकारवालाहरुको सहभागिता रहेको छ । उक्त कार्यशालाको लागि बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको हो ।

कार्यशाला पश्चात क्याम्पसमा सोधपत्र सम्बन्धि कार्यमा गुणस्तरता आउने अपेक्षा गरिएको छ । कार्यशाला आईतबार सकिने जनाइएको छ ।