रामेछाप । बारम्बार बर्षा र बाढी आउन थालेपछि रोशी खोलाबाट संचालनमा रहेको बिपी राजमार्ग रातीको समयमा बन्द हुने भएको छ । अर्को सूचना जारी नहुदाँ सम्म उक्त व्यवस्था कायम रहने भएको हो ।

काभ्रे जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी बिपी राजमार्गमा साँझ ५ बजे देखि विहान ५ बर्ष सम्मका लागि बिपी राजमार्गमा सवारी साधन संचालनमा रोक लगाएको हो । उक्त अवधिमा निजी , सार्वजनिक तथा सरकारी कुनै पनि सवारी साधन उक्त सडक भएर गुड्न पाउने छैनन् ।

सूचनामा बर्षाको समयमा दिउँसोको बेलामा समेत अवस्था हेरेर यातायातमा रोक लगाईने उल्लेख छ । अव सिन्धुलीले खुर्कोटमा र काभ्रेले भकुण्डेमा सवारी साधन होल्ड गर्नेछ ।