रामेछाप । काभ्रेका विभिन्न स्थानमा सोमबार अविरल बर्षा भएपछि आएको रोशी खोलाको बाढीले बिपी राजमार्गको विभिन्न स्थान बगाएपछि सो राजमार्गमा सोमबार दिउँसोभर यातायात आवागमन बन्द भएको छ ।

बर्षा भइरहेको र खोलाको बाढी नघटेकाले सोमबार राति पनि सवारी साधन संचालन हुन सक्ने अवस्था नरहेको काभ्रे प्रहरीले जनाएको छ । पानी पर्न छोडेर खोला घटेपछि मंगलबार फेरी डाईभर्ससन बनाई यातायात आवागमन खुलाउने प्रहरीले जनाएको छ ।

काभ्रेको खोपासी र पनौति क्षेत्रमा ठुलो बर्षा हुन थालेपछिनै प्रहरीले काभ्रेको भकुण्डे र सिन्धुलीको खुर्कोट र नेपालथोक क्षेत्रमा सवारीका साधनहरु रोकेको थियो । सवारी होल्ड गएकाले सोमबार कुनै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।