रामेछाप । रामेछापको सुनापति गाउँपालिका ४ बेथानको डहुमा शनिबार अपरान्ह टिपर दुर्घटना भएको छ । दुर्घटनामा टिपर चालक गम्भिर घाईते भएका छन् । टिपरमा चालक मात्र रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार माटो खसाल्ने क्रममा अनियन्त्रित भएर उक्त टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाईते भएका चालकलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।
