रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले स्याँदर (चण्डी ) पुजाको अवसरमा आज सार्बजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको बैठकले उक्त पर्वको अवसरमा गाउँपालिकाभर बिहिबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

उमाकुण्ड गाउँपालिकामा सुनुवार जातीबो बाक्लो बसोवास रहेको छ । बैशाख पूर्णिमालाई सुनुवारहरुले धुमधामका साथ चण्डी पुजा गरेर मनाउने गर्नेगर्छन् । सुनुवारका अतिरीक्त उक्त पालिकामा बसोवास गर्ने अन्य जातिले पनि चण्डिपुजा मनाउने गरेको वताईएको छ ।