काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले काँग्रेसका रामेछाप जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) लाई निलम्बन गरेको छ । पार्टी अनुशासन उल्लघंन गरेको अभियोग लागेका तामाङ लाई यसअघी समितिले ३ दिने स्पष्टिकरण सोधेको थियो । तर तामाङले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकोले जिल्ला सभापतिबाट निलम्बन गरीएको समितिले जनाएको छ ।

तामाङले पार्टी केन्द्रीय सभापति गगनकुमार थापा संग ३ अर्ब रुपैयाँ रहेको र १ अर्ब रुपैयाँ निर्वाचनमा वितरण गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

अनुसाशन समितिले पार्टीको अनुशासन विपरीतको उक्त कार्यमा थप अनुसन्धान गर्नुपर्ने भएको र सो कार्य गर्दा तामाङ पदमा रहको अवस्थामा अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै निलम्बन गरीएको जनाएको छ ।

यसैविच केन्द्रीय अनुशासन समितिले पार्टीका निवर्तमान कार्यबाहक सभापति पूर्णवहादुर खड्का माथि गरिएको कारवाहि प्रकृयालाई चाँहि तामेलीमा राख्ने निर्णय गरेको छ । आधिकारिक पार्टीको निर्देशन विपरित पार्टीको लेटरप्याड दुरुपयोग गरी पार्टीको भेला डाक्ने कार्य बारम्बार गरेपछि उनलाई स्पष्टिकरण सोधि कारवाहि प्रकृया अघी बढाइएको थियो । तर सर्बोच्च अदालतले गगनकुमार थापाको नेतृत्वको काँग्रेसलाई आधिकारिक मानेर खड्काले पेश गरेको रिट खारेज गरे पछि खड्का माथिको कारवाहिको औचित्य समाप्त भएको भन्दै उनको कारवाहि प्रकृया तामेलीमा राखिएको हो ।