काभ्रे । हिजो बेलुका रोशी खोलामा आएको बाढीले अवरुद्ध भएको बिपी राजमार्ग संचालनमा आएको छ । रोशी खोलाले बगाएको क्षेत्रमा डोजरले सहयोगले सडक संचालनमा ल्याइएको हो । हिजो साँझ विभिन्न स्थानमा अस्थायी डाईभर्सन बगाएपछि यातायात अवरुद्ध भएको थियो ।
प्रहरी चौकी काभ्रेभन्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार बुधबार साँढे ११ बजे दिउँसो देखि बिपी राजमार्ग संचालनमा आएको छ । दुवै तिर रोकिएका सवारी साधन आवत जावत गर्न थालेका उनले वताएका छन् ।
