रामेछाप । भारी बर्षा पछि रोशी खोलामा आएको बाढीका कारण अस्थायी सडक बगाउदा २ दिन देखि अवरुद्ध भएको बिपी राजमार्ग संचालनमा आएको छ ।

रोशी खोलाका विभिन्न स्थानमा बाढीले सडक क्षतिग्रस्त भएपछि शुक्रबार अपरान्ह देखि उक्त राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागले मेसिन औजारको प्रयोग गरी खोला तर्काएर फेरी अस्थायी आवागमन खुला गरेको हो । सोमबार अपरान्ह देखि बिपी राजमार्गमा यातायात संचालन हुन थालेको काभ्रे प्रहरीले जनाएको छ ।

रोशीको बाढीले सडक बगाउदा झण्डै ८ सय यात्रुहरु रोशीका विभिन्न क्षेत्रमा अलपत्र भएका थिए । उनीहरुलाई मंगलटार बाट काभ्रेको तेमाल हुदै भकुण्डेको सडक मार्फत आईतवार काठमाडौं तर्फ पठाइएको थियो । सडक अवरुद्ध भएकाले सयौं सवारी साधनहरु रोशी किनारमा रोकिएका थिए ।