रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले ९९ औं राष्ट्रिय फोटो पत्रकारीता दिवसका अवसरमा आईतबार रामेछापको मन्थलीमा फोटो प्रदर्शनी गरेको छ ।
रामेछाप जिल्लालाई चिनाउने पर्यटकिय, धार्मिक, सांस्कृतिक र सामाजिक अवस्था झल्काउने विभिन्न फोटोहरु प्रदर्शनीमा राखिएको छ । मन्थली नगरपालिका परिसरमा राखिएको फोटो प्रदर्शनी अवलोकन गर्नेहरुले जिल्लामा रहेका संभावना र सौन्दर्यताको बारेमा बुझ्ने मौका पाएका छन् ।
यसैविच सोहि दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका बार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक र महासंघ जिल्ला अध्यक्ष दीपक घिमिरे लगाएतले समूहको साधारण सभाको सफलताको शुभकामना दिनुका साथै फोटो प्रदर्शनीका बारेमा आ आफ्ना धारणा राखेका थिए । कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा भएको थियो ।
