मन्थली । स्थानीय आर्थिक विकासमा उल्लेख्य कार्य गरेको मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले रामेछापको मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८२ प्रदान गरेको छ ।
बिहिबार काठमाडौंमा आयोजित संघको ३३ औं स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकालाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उक्त पुरस्कार बाट मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठलाई सम्मानित गरेका थिए ।
संघले आर्थिक बर्ष २०८१।८२ मा स्थानीय आर्थिक विकासमा मन्थली नगरपालिकाले उल्लेख्य कार्य सम्पादन गरेको मूल्यांकन गरेको थियो । संघले देशभरका स्थानीय तहमा त्यस सम्बन्धि मूल्यांकन गरेको जनाइएको छ ।
पुरस्कार तथा सम्मान गह्रण गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले नगरपालिकाबाट आर्थिक विकासमा गरेको प्रयासलाई उच्च मूल्यांकन गरी सम्मान प्राप्त भएकोमा खुसी साझा गर्दै आगामी दिनमा आगामी दिनमा थपप कार्य गर्ने उर्जा मिलेको वताएका छन् ।
