रामेछाप । सरकारको गौरबको आयोजनाको रुपमा रहेको सुनकोशी–मरिण बहुउद्धेश्यीय डाईभर्सन आयोजनाको काम गर्न सोमबार नयाँ ठेक्का आव्हान भएको छ । यसअघी सुशिला कार्की नेतृत्वमा रहेको सरकारले साविकमा ठेक्का पाएको पटेल–रमण निर्माण सेवाको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोडेको थियो ।

सुनकोशी नदीमा आयोजनाको बाँध निर्माण गरी सुनकोशीको पानीलाई सुरुङमा पथान्तरण गर्ने र सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको कुशुमटारमा निर्माण हुने जलविद्युत गृहमा पानी खसाल्ने योजना छ । नयाँ ठेक्कामा उक्त पावरहाउस निर्माणको समेत काम समावेश गरिएको छ । त्यसका अतिरीक्त रामेछाप जिल्लाको साविक भलुवाजोर गाउँ विकास समितिको हातिटारमा जग्गा उकासको काम समेत नयाँ ठेक्कामा समावेश छ ।

ऋायोजनाको काम गर्न २०७९ पुल १९ मा पटेल रमण निर्माण सेवा संग १४ करोड ८ करोड रुपैयाँमा ठेक्का संझौता गरेको थियो । ठेक्का संझौता पश्चात आयोजनाको निर्माण गर्नुपर्ने अन्तिम मिति नजिकिदै जादा पनि निर्माण कार्यको प्रगति ज्यादै न्यून भएकोले उक्त निर्माण कम्पनी सग गरिएको निर्माण संझौता तोडिएको थियो । निर्माण व्यवसायी कम्पनीले ठेक्का तोडेपछि रामेछापको सेलेघाट नजिक सिल्लीबजार क्षेत्रबाट निर्माणका लागि प्रयोग गर्दै आएका उपकरण र सामाग्री उठाएर लगेको थियो ।

सरकारले उक्त कम्पनीले धरौटी राखेको रकम जफत गर्नुका साथै ३ बर्ष सम्म अन्यत्र ठेक्का हाल्न नपाउने गरी कालोसूचिमा समेत राखेको छ । नयाँ ठेक्का नयाँ लागत अनुमान अनुसार आव्हान भएको हो । नयाँ व्यवस्था बमोजिम साविकमा भन्दा आयोजना निर्माणका लागि बढ्ने लागत रकम समेत पटेल–रमण जेभिबाट असुल उपर गर्नुपर्ने हुन्छ ।

आयोजनाका अनुसार जलविद्युत सम्बन्धि काम गरेका प्रमाण पत्र र विभिन्न योग्यताका प्रमाण पत्र सहित ३० दिन भित्र ठेक्का दर्ता गर्नुपर्नेछ । दर्ता हुने बोलपत्रहरुको मूल्यांकन गरी झण्डै ४ महिना भित्र नयाँ ठेक्का संझौता गर्न सकिने आयोजनाले लक्ष्य राखेको छ । ठेक्का कवोल गर्नेले ४ बर्षमा आयोजनाको काम सम्पन्न गर्नुपर्ने गरी संझौता हुने आयोजनाले जनाएको छ ।
सुनकोशी मरिण बहुउद्धेश्यिय आयोजनाको निर्माण पछि झण्डै ३२ मेघावाट विद्युत उत्पादन गर्ने र उक्त उत्पादन गृहबाट झरेको पानीलाई मरिणखोलाबाट बगाई बागमति नदिमा साविमै रहेको बागमति सिंचाई आयोजनाको प्रणालीमा थप गरी तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य रहेको छ । सिंचाईका लागि थप संरचना निर्माण गर्ने र मरिण नदिलाई नियन्त्रण लगाएको काम समेत आयोजनाले गर्दै आएको छ ।