रामेछाप । शहरका मुख्य भाग र वस्ती विस्तार हुने क्षेत्रका विगतमा शहरी विकास मन्त्रालयले निर्माण गरेका कतिपय योजनाहरु लथालिङ्थ थिए, अव त्यस्ता योजनाहरुको मर्मत संभार हुने भएको छ ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत शहरी योजनाहरुको मर्मत संभार र वस्ति विकासको कार्यका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पालिकाहरुलाई बजेटको व्यवस्था गरेको छ । त्यस्ता योजनाहरुका लागि बजेटको व्यवस्था हरेक सालबसाली हुनुपर्ने कुरामा विगतका बर्षहरुमा जोड दिइदै आएको पाईन्थ्यो ।

संघीय सरकारले सडक कालोपत्र गरेपछि हेरालु राखेर सडकको सामान्य मर्मत संभार गर्ने गरेको र प्रदेश सरकारले समेत सोहि कार्यलाई निरन्तरता दियो । तर कयौं किलोमिटर सडक कालोपत्र गर्ने शहरी विकास मन्त्रालयको सघन शहरी कार्यक्रमले योजना पुरा भएपछि योजनास्थलमा नफर्कदा योजनाको दिगोपना र उपयोगीतामा प्रश्न उठीहरेको थियो । 

शहरी विकास मन्त्रालयले मुख्यतया शहरी क्षेत्रमा काम गर्ने हो । जहाँ बढी मानिसहरुको जनघनत्व हुन्छ त्यस्तो स्थानमा निर्माण गरिने योजनाहरुको मर्मतका लागि मन्त्रालयले चासो नदिदा त्यस्ता पूर्वाधारहरुले नागरिकलाई सुख भन्दा बढी हैरानी दिइरहेका थिए । अव भने मन्त्रालयले विगतमा लगानी गरेर निर्माण गरेका आयोजनाहरुको मर्मत गर्ने गरी देशव्यापी रुपमा बजेटको विनीयोजन गरेको छ ।

आगामी आर्थिक बर्षका लागि सार्वजनिक भएको बजेटमा विगतमा निर्माण भएका शहरी पूर्वाधारहरुको मर्मत मात्र हैन, नयाँ योजनाको निर्माण र वस्ति विकास गर्नका लागि समेत प्रयोग हुनेभएको छ । कतिपय पालिकाका केन्द्रहरुमा त्यस्तो रकमले राम्रो काम हुनसक्ने वताइएको छ । 

सरकारले स्थानीय सरकारको केन्द्र रहेको स्थान सम्म कालोपत्र सडक जोडेको छैन् । केन्द्र आसपासको क्षेत्रमा वस्ती विकासमा पनि खास योजना संचालन गरिएका छैनन् । अन्यत्रका योजना संचालनमा बजेट लैजाने लडाईमा पालिकाको केन्द्र रहेको स्थान ओझेलमा पर्दै आएका छन् । अव शहरी पूर्वाधारको विकास त्यस्ता स्थानमा संचालन हुनेछन्, जसले पालिकाको केन्द्र र वस्ती विकासमा टेवा दिने छन् ।