रामेछाप । मन्थली नगरपालिका ७ मुगिटार र खाँडादेवि ४ को मुहानचौतारा विचमा पर्ने भटौली खोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएपछि मध्यपहाडि राजमार्ग जोड्नका लागि छोटो दुरीको सडक पूर्वाधार तयार भएको छ ।

बागमति प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत उक्त पुलको निर्माण गरेको हो । ४२ मिटर लामो उक्त पुल ३ करोड ६६ लाखको लागतमा निर्माण गरिएको हो । पुल नहुदाँ बर्षायाममा उक्त मार्ग हुदै मुहानचौतारा हुदै रजगाउँ तर्फको आवागमनमा कठिनाई हुदै आएको थियो । उक्त पुल जयविष्णु थापा जेभिले निर्माण गरेको हो । भटौली खोलामा मन्थली गाल्वा सडकका लागि एक दशक अघी स्वीस सरकारकाे सहयाेगमा पहिलाे पुल निर्माण गरिएको थियो ।

तामाकोशीमा कुनौरी र मुगिखोला जोड्ने पक्कि पुल समेत केहि दिनमा सवारी साधन संचालन हुने गरी अन्तिम चरणमा छ । उक्त पुल र भटौली खोलाको पुलले मन्थली बाट अव बीपी राजमार्गको सित्खा रामकोट जोड्ने सडक छोटिनेछ ।